मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

यिसु ख्रिस्टको जन्म दिवस अर्थात ‘क्रिसमस डे’ आज धूमधामका साथ मनाइँदै

Samacharrekhanews 1+ समाचार ( )
१० पौष २०८१, बुधवार

२० पुस, नेपालगञ्ज । यिसु ख्रिस्टको जन्म दिवस अर्थात ‘क्रिसमस डे’ पर्व आज धूमधामका साथ मनाइँदै छ ।

इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज इसाई समुदायले ‘क्रिसमस डे’ मनाइ रहेका छन् ।

डिसेम्बर २५ तारिखका दिन यिसु ख्रिस्टको जन्म प्यालेस्टाइनको बेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट यिसु ख्रिस्ट जन्मिएका थिए । यिसु ख्रिस्टले तीन मुख्य मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले यस दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा यस दिनलाई इसाई समुदायले मनाउने गरेका छन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो । विभिन्न प्राचीन युरोपियन दस्ताबेजमा यिसु ख्रिस्ट धर्तीमा आउनपूर्व नै हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी सम्वतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

इस्वी सम्वतलाई यिसु ख्रिस्टको जन्म अगाडि र एनोनो डोमिनी ख्रिस्ट पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । सिङ्गारिएको सानो धुपीको जस्तो देखिने च्याट्ट मिलेको रुख अर्थात् क्रिसमस–ट्री आजका दिनमा प्राय देखिन्छन् ।

क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठूलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही–कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अंग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको स्नो म्यान विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ ।

क्रिसमस डेको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार