मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न प्र.ना.म.नि.को निर्देशन

Samachar Rekhanews 131+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

८ जेठ, नेपालगन्ज । तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न निर्देशन दिएका छन् ।

बिहीवार जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षणका क्रममा उनले कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण, विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी इकाईका प्रमुखहरु, सिनियर प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुलाई समाजको शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान र अभिलेख व्यवस्थापनमा जोड दिए ।

सम्बोधनका क्रममा उनले सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न, जनमुखी प्रहरी सेवा प्रवाह गर्न र प्रत्येक प्रहरी कर्मचारीले प्रहरी आचरण तथा आचारसंहिताको अक्षरस पालना गर्न  निर्देशन समेत दिएका थिए ।

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम पश्चात प्र.ना.म.नि.ले पूर्व प्रहरी कर्मचारीहरूसँग समेत भेटघाट गरि छलफल गरेका थिए ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले प्र.ना.म.नि.ले दिएको निर्देशनलाई अक्षरस पालना गरि प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार