मुख्य समाचार
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन |
मुख्य समाचार
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन |


राप्ती सोनारी सुशासन प्रवद्र्धनतिर लम्किँदै

Samachar Rekhanews 127+ समाचार ( )
१४ पौष २०८२, सोमबार

१४ पौष, नेपालगन्ज । राप्ती सोनारी गाउँपालिकाले आम जनतालाई सार्वजनिक चासोँको विषयमा पहुँच विस्तार गर्दै सुशासन प्रवद्र्धनमा अगाडी बढेको सार्वजनिक सुनुवाईमा सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

पछिल्लो २ वर्ष यता पालिका स्तरीय घुम्ति सार्वजनिक सुनुवाई, वडा स्तरीय सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्यक्रमहरुलाई प्राथामिकता दिँदै पालिकाले सुशासन विस्तारमा चाँसो देखाएको छ ।

बास नेपालको सहजिकरणमा सोमबार राप्ती सोनारी गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालय परिसरमा आयोजित आर्थिक वर्ष २०८२÷८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागीहरुले समेत उक्त प्रतिक्रिया दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भएका २५० भन्दा बढि सहभागीहरु मध्ये प्रश्न, सुझाव र पृष्ठपोपोषण दिने अधिकाशं सहभागीहरुले पालिकाले नियमित सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरेका थिए ।

कार्यवहाक अध्यक्षको जिम्मेवारीमा रहुनु भएका गाउँपालिकाका उपाध्यक्ष मनिषा सिँह थारुको प्रमुख जवाफदेहितामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुको प्रश्न र जिज्ञासको आधारमा आगामी दिनमा कार्यान्वयन गर्ने गरी ६ बुँदे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

सिक्टा सिँचाई मार्फत गाउँपालिका भित्र कच्चि सहायक नहरहरुका कारण डुवानमा पर्ने समस्यालाई समाधान गर्न सिक्टा सिँचाईसँग आवश्यक समन्वय गर्दै उक्त नालिहरुलाई पक्की बनाउँदै लैजाने, राप्ती सोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाको राप्ती नदी सिमानामा देखिएको विवाद समाधानको लागी उच्च स्तरीय निकायसँग पहल गर्ने, पालिका भित्र पर्ने सबै सडत तथा नालीहरु प्राथामिकता र आवश्यकताको आधारमा क्रमशः निर्माण गर्दै लैजाने र वडा नं. ७ मा निर्माण प्रक्रियामा रहेको कृषि सडकलाई समय सिमा भित्र सम्पन्न गर्ने गराउने, मुक्त कम्लहरी समस्या व्यवस्थापनका लागि बनेको कार्यविधि आवश्यक अध्ययन गरी आउने हिँउदे अधिवेशनमा पारित गर्ने, फक्तेपुर स्वास्थ्य चौकीमा ल्याव सेवा संचालनको लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त सेवा यही आर्थिक वर्ष भित्र संचालन गर्ने र वडा नं. ७ मा पर्ने श्री बाल शान्ति आधारभूत विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधानको लागि पालिका भित्रका सबै विद्यालयहरुमा शिक्षक दरबन्दि मिलाउन गर्दै विद्यार्थी संख्याको आधारमा शिक्षक थप गर्ने सहितको ६ बुँदे प्रतिबद्धताको घाषणा गरिएको छ ।

सुनुवाईमा सहभागीहरुको प्रश्नको जवाफमा बोल्दै कार्यक्रमका प्रमुख जवाफदेहि वक्ता मनिषा सिँह थाारुले डडुवा र राप्ती सोनारीको सिमानाको विषयमा लामो समय देखि समाधानको पहल गरिदै आएको भएपनि निचोडमा पुग्न नसकिएको स्मरण गर्दै आगामी दिनमा नतिजा देखिने गरी कार्य गर्ने बताइन् । त्यस्तै पालिकाले राप्ती नदीले दिएको प्रकृतिक साधानको प्रयोगको उच्चतम प्रयोगका लागि किसानहरुलाई बगर खेतीको लागि प्रोत्साहनको कार्यक्रम पालिकाले लिएका बताईन् ।

कार्यक्रमका जवाफदेहि वक्ता नि. प्रमुख प्रशासकीय अधिकृत मोहन वि.सि. ले सहभागीहरुको प्रश्नको जवाफ दिँदै शिक्षाको गुणस्तर कायम गर्नका लागि अभिभावक, शिक्षक र विद्यार्थी ३ वटाकै उक्तिकै भुमिका रहने हुँदा त्यस तर्फ सबैले ध्यान दिनुपर्ने आवश्यकता रहेको औँल्याए ।

शिक्षा, कृषि, पुर्वाधार, दैनिक प्रशासनीक कार्य तथा सुशासन लगाएका क्षेत्रलाई समेटिएर सोधीएका सहभागीहरुको जवाफ कार्यवहाक अध्यक्ष मनिषा सिँह थारु, नि. प्रमुख प्रशासकीय अधिकृत मोहन वि.सि. वडा नं. ७ का वडा अध्यक्ष तथा अन्य वडाका वडा अध्यक्षहरु, सूचना प्रविधि शाखा प्रमुख जनार्धन पौडेल, कृषि शाखा प्रमुख चन्द्रा कुमारी शाही, स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार के.सी., पशु सेवा शाखा प्रमुख जय बहादुर कार्की लगाएत विषयगत शाखा प्रमुहरुले दिएका थिए ।

कार्यक्रमको सहजिकरण बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने पालिकाको पहिलो चौमासिक प्रगति प्रतिवेदन नि.प्रमुख प्रशासकीय अधिकृत मोहन वि.सि.ले प्रस्तुतीकरण गरेका थिए ।

बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले कार्यक्रमको शुभारम्भमा सार्वजनिक सुनुवाईको उदेश्य बारे जानकारी गराउँदै अन्तमा प्रतिबद्धताको घोषणा गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार