मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

प्रजातन्त्र दिवस–२०८१ भव्यताका साथ मनाइँदै

Samachar Rekhanews 131+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

७ फागुन, नेपालगन्ज । विविध कार्यक्रमको आयोजन गरि आज ७५औं प्रजातन्त्र दिवस २०८१ भव्यताका साथ मनाइँदै छ ।

२००७ सालको फागुन ७ गते १०४ वर्षे एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाइँदै आइएको छ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको  थियो ।

यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशमा रहेका नेपाली राजदूतावास, कूटनीतिक नियोग एवम् वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गत आइतवार भएको बैठकमा गृह मन्त्रालयको प्रस्ताव बमोजिम मूल समारोह समिति र विभिन्न उपसमितिसमेत गठन भएको हो । गत आइतवारको बैठकमा विभिन्न कार्यक्रममाथि छलफलसहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री एवम् राज्यमन्त्रीहरू, काठमाण्डौ महानगरपालिकाका मेयर, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका मेयर, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाण्डौ उपत्यकाभित्रका मेयरहरू रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी सम्बन्धित निकाय र पक्षको सहभागिता हुनेगरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउन्ड कवाज तथा व्यायाम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन भएको छ । त्यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षमा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार