२ पौष, नेपालगन्ज । डस्ट बिनको प्रयोग फोहोर मैला राख्नका लागि गरिन्छ तर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को विभिन्न स्थानमा राखिएका डस्टबिन कि त उल्टो पारी राखिएको छ कि त फोहोर मैलाले भरिएको छ जसलाई सफा गर्ने काम कसैले गर्दैन ।
लाखौं रकम लगाई बनाइएका यी डस्टबिनहरु अहिले काम नलाग्ने भएका छन् । वडावासीले पटक पटक यी डस्टबिनहरु सोझो पारेर राख्न पटक पटक अनुरोध गरे पनि वडा कार्यालयले यसतर्फ ध्यान दिएको छैन ।
यसका साथै वडाको विभिन्न स्थानमा राखिएका कैयन डस्टबिनहरु फोहोर मैलाले भरिभराउ छन् तर ती डस्टबिनहरु कसैले सफा गर्नेतर्फ ध्यान दिएको छैन ।
वडा समिति कार्यालयमा पर्याप्त जनशक्ति हुँदा हुँदै पनि वडाको सरसफाईतर्फ सम्बन्धितको ध्यान नजानु चरम लापरवाहीको नमूना हो । सम्बन्धितहरुले यसतर्फ ध्यान दिइ उल्टो पारी राखिएका डस्टबिन तथा फोहोर मैलाले भरिभराउ रहेका डस्टबिनहरु सफा गराई वडालाई फोहोरमुक्त बनाउन अति आवश्यक रहेको वडावासीहरुको माग रहेको छ ।
Sailani Mangala ko mor man khalte khalta chha ne gaganganj ko modma खल्टा Ali Ali 2char bori cement le watsamiti le bhartiya. Delhi durghatna Bata jogina sakina. Cha🇳🇵💯👍