मुख्य समाचार
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन |

लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके रानाभाटको नेतृत्वमा नयाँ समिति

Samachar Rekhanews 127+ समाचार ( )
१३ माघ २०८१, आइतबार

१३ माघ, नेपालगन्ज । नेपालगन्जका साहित्यकार भरत बहादुर रानाभाटको अध्यक्षतामा लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ । 

लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको अध्यक्ष प्रकाश गिरी ‘निश्चल’को अध्यक्षतामा शनिवार सम्पन्न लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको तेस्रो अधिवेशनले नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । 

प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका लोकप्रिय साहित्यकार रानाभाटको अध्यक्षतामा चयन भएको लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके शाखाको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा चन्द्रावती अधिकारी (कोहलपुर), सचिव करिस्मा योगी (नेपालगन्ज), सहसचिव  वालकृष्ण शर्मा तथा कोषाध्यक्ष पुष्पा सुवेदी आचार्य रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा फणिन्द्र आचार्य, डम्बर विश्वकर्मा, सतिश निरौला, सीता सुनगाभा पोखरेल चयन भएका छन् ।

साहित्यकार ऋषि आजादको नेतृत्वमा  रहेको लुम्बिनी वाङ्मय प्रतिष्ठानको संस्थापक अध्यक्ष स्व. हिमलाल ज्ञवाली थिए । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा शाखा रहेको प्रतिष्ठानको केन्द्रीय अधिवेशन आगामी फाल्गुनको १० गते  दाङको लालमतियाका हुन लागेको नवनिर्वाचित अध्यक्ष रानाभाटले जानकारी दिए ।

उक्त अधिवेशनमा केन्द्रीय समितिको तर्फबाट कोहलपुर वाङ्मय प्रतिष्ठानकी का.वा. अध्यक्ष कथाकार सुमित्रा न्यौपानेलाई सम्मान गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्रज्ञा सदस्य हरि प्रसाद तिमिल्सिनाले साहित्यकार न्यौपानेलाई  सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य महानन्द ढकाल, विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाका अध्यक्ष लेक प्रसाद प्याकुरेल, प्रतिष्ठानकी केन्द्रीय सदस्य मीना बराल, प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष साहित्यकार पुष्पमणि प्रधान लगायत  साहित्यकारहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

केही वर्ष सुषुप्त अवस्थामा रहेको बाँके शाखाको पुनः नेतृत्व लिएपछि उपस्थित उपस्थित अतिथिज्यूहरु र साहित्यकारज्यूहरुको सामु प्रतिवद्धता व्यक्त गर्दै नव चयनित अध्यक्ष रानाभाटले मलाई विश्वास गरेर जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफुने पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक वहन गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार