२३ माघ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्वारा पारित सो सम्वन्धीको कार्यविधीले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्ष नगर प्रहरी नियुक्ती गरेको हो ।
स्थानीय तह अन्तर्गत विभिन्न सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पु¥याउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्र्तगत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको बताए ।
नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षालगायतको कार्यमा ठुलो सहयोग पुग्ने अध्यक्ष चौधरीले बताए ।
पालिकाले कानून अनुसारको कार्यविधीमार्फत भर्नाका चरणहरु पार गरि प्रहरी निरिक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरिएको विषयविज्ञ अवकाश प्राप्त पुर्व प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसीले बताए ।
उनका अनुसार डुडुवा प्रहरी निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरि २५ जना रहेका छन ।
भर्ना भएका सबै जना नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभव रहेको छ । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम सेमत प्रदान गरिएको विषयविज्ञ पुर्व डिएसपी केसीले बताए ।
उनले डुडुवाले ऐतिहासिक काम गरेको र यसले स्थानीय तहको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नियुक्त भएका प्रहरीहरुलाई एक कार्यक्रमका विच गाउँपालिकाले दज्र्यानी चिन्ह र सुशोभन गरेको छ । दज्र्यानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नै प्रहरीले कार्यसम्पादन गर्न सहज हुने भन्दै शान्ति सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, सिमा अपराध नियन्त्रण, अबैध चोरी निकासी र पैठारी नियन्त्रण गर्न सहयोग मिल्ने भएकाले इमान्दरितापुर्वक दिएको जिम्मेवारी निर्वाह गरि काम गर्न निर्देशन दिए ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हेमन्त शर्मा, पुर्व कर्मचारी धनबहादुर बुढा लगायतको सहभागिता रहेको थियो । प्रहरी भर्नामा गोरखाज सेक्युरिटीले प्राविधिक सहयोग गरेको थियो ।