मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

नेपालगन्जमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

Samachar Rekhanews 131+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

बाँके । बाँकेको नेपालगन्ज बजारमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ।

विशेष सूचनाका आधारमा लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट गएको टोलली नेपालगन्ज-४ बसपार्क नजिक भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा आज दिउँसो पौने २ बजे गोली चलाएको हो।

चार जना भारतीय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारीहरुले लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएका असई नवीन शाहीमाथि चक्कु र सिसाको बोटल आक्रमण भएपछि प्रति रक्षाका लागि प्रहरीले गोली चलाएको हो।

प्रहरीले चालएको गोली लागेर एक लागुऔषध कारोबारी घाइते भएको प्रहरीले जानकारी दिएको छ। खुट्टामा गोली लागेर घाइते भएका लागुऔषध कारोबारीलाई उपचारका लागि नेपालगन्जस्थित संजिवनी अस्पताल लगिएको प्रहरीले जनाएको छ भने लागुऔषध कारोबारीको आक्रमणमा असई शाही घाइते भएका छन् ।

प्रहरीले ४ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके जानकारी दिएको छ। बरामद गरिएको लागुऔषध र पक्राउ परेका र गोली लागेका घाइते कारोबारीको नाम अझै प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

hanif hasrat ३१ श्रावण २०८२, शुक्रबार

good job nepal police 🙏 get well soon sir✌️

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार