मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे युवाहरुको चासो

Samachar Rekhanews 125+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् ।

बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद कैफ कुरैशीले बताउनुभयो । वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेपछि राहत तथा क्षतिपुर्तिका लागि पिडितहरुले थाहा नपाउँदा सुविधाबाट वन्चित हुनु परेको स्थानिय युवा गोमा खत्रीले बताउनुभयो । उहाँले राहत पाउने प्रक्रिया ढिला भएको हुँदा पनि यसतर्फ धेरै स्थानियहरुले चासो नदिएको दुखेसो पोख्नुभयो ।

वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरुबारे यस्तो बताएका हुन । समाज सुधार युवा क्लबका सदस्य सुरेश वलीले वन्यजन्तुबाट हुने असर कम गर्न तारजाली मात्र भएर नहुने बताउनुभयो । कार्यक्रमका सहभागीहरुले राहत प्रक्रिया सरल बनाउनुपर्ने र स्थानीय निकायले प्रत्यक्ष निरीक्षणको आधारमा राहत दिनुपर्ने सुझाव दिए । कार्यक्रममा उठेका मुद्दाहरुलाई समेट्दै सहजकर्ता सावित्री गिरीले वन्यजन्तुबाट भएको राहत वितरण निर्देशिका २०८० मा समेटिएका राहात पक्रियाका बिषयमा जानकारी गराउनुभएको थियो ।

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधिका रुपमा क्लब चौतारी गरिएको समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)का कार्यक्रम संयोजक भिम बहादुर सार्कीले बताउनुभयो  ।

कार्यक्रममा ३८ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ । यो संवादको अडियो भिडियो कार्यक्रम समेत प्रसारण गरिने सिसिएनले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार