मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

रौतहटमा ११ जना फरार प्रतिवादी पक्राउ

Samachar Rekhanews 131+ समाचार ( )
७ माघ २०८१, सोमबार

रौतहट । रौतहटमा ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ११ जनालाई पक्राउ गरेका हुन् ।

जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा किर्ते मुद्दाका जमिला शेखिन, जमील अख्तर, शेख अजीज मियाँ दर्जी, ओली महमद, शेख हफिज रहेका छन् । 

त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषादेवी राम र बहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोद्वारा सूचनामा उल्लेख गरिएको छ।  पक्राउ परेका सबै ११ जनालाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। 

उता जिल्ला सदरमुकाम गौरस्थित बसपार्कमा प्रहरीले विभिन्न सवारी चेकजाँचको क्रममा १ लाख ४ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।  भारतीय बजारबाट अवैध रूपमा भित्र्याएको उक्त मूल्य बराबरको कपडा, कस्मेटिक लगायत किराना सामान बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार