मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |
मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि आज मनाइँदै
इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि आज मनाइँदै

Samachar Rekhanews 125+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

१ फागुन, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि आज मनाइँदै छ ।

यो पर्व संसारबाट विदा भई स्वर्गीय भएकाहरुको स्मरण र उहाँहरुको आत्माको शान्तिको लागि मनाउने गरिएको छ ।

शबेबरात पर्वको अवसरमा यहाँ नेपालगन्जमा विभिन्न मस्जिदमा आज सामुहिक प्रार्थना सभाको आयोजन हुँदैछ । साथै अबेर राती इस्लाम धर्मावलम्बीहरुले कब्रस्तानमा पुगी स्वर्गीय भएका आफ्ना आफन्तहरुको आत्माको शान्तिको लागि प्रार्थना गर्ने भएका छन् ।

पर्वको अवसरमा घर–घरमा मिष्ठान्न र विभिन्न परिकार पकाई एक अर्काको घरमा बाँड्ने गरिन्छ ।




मुस्लिम धर्महरु को महान पर्व आज बिहीवार  शबे बरअतमा गरिने ७ इबादतहरु : 



(१) मगरिब पछि गुसल गर्ने : शबे बरातको राति मगरिबको नमाज पछि ७ ओटा बेरको पातलाइ हल्का पानीमा तताएर त्यहि पानी बाट गुसल गर्नुस् । रिवायत हरुमा आएको छ जस्ले यो अमल गर्छ त्यो व्यक्ति पुरा बर्ष जादु टोना बाट बच्ने छ ।(इस्लामि जिन्दगि पा १६५)


नोट : घरको हरेक सदस्यको लागि अलग अलग ७-७ ओटा बेरको पात हाल्नु होला ।


(२) मगरिब पछि ६ रकात नफल पढ्ने


पहिलो २ रकअतको नियत यसरी गर्नुस् 'ए अल्लाह ! यो दुई रकअत नमाज को बरकत बाट मलाई  इज्जत वाला  लामो आयु प्रदान गर्नुहोस् '


दोस्रो २ रकअत मा यसरी नियत गर्नुस्  'ए अल्लाह ! यो दुई रकअत नमाज को बरकत बाट मलाई आउने आपत दु:ख बाट रक्षा गर्नुहोस् '


तेस्रो २ रकअत मा यसरी निय्यत गर्नुस्  'ए अल्लाह ! यो दुई रक्अत नमाज को बरकत बाट मलाई तपाईं भन्दा अरु माथि निर्भर नबनाउनुस् अर्थात मलाई केबल तपाईं को भर पर्ने वाला बनाउनुहोस्'


 उल्लेखित ६ रकअत मा सुरह फातिहा पछी जुनै पनि सुरह पढ्न सकिन्छ तर हरेक रक्अत मा सुरत फातिहा पछी तीन -तीन पटक सुरतुल इख्लास  सरीफ पढ्नु राम्रो हो । हरेक २ रकअत पछी  २१ पटक सुरतुल इख्लास  वा १ पटक  यासिन शरीफ पढ्नुहोस् वा सकेसम्म दुबै पढ्नुहोस् या एक जना ले यासिन सरीफ तिलावत  गरेर अरु ले सुन्दा पनि हुन्छ ।


 हरेक पटक यासिन सरीफ पछी "नीस्फे शबान "को दुवा पनि पढ्नुहोस ।


(३) कबरहरुमा जानू


उम्मुल मुअमिनिन आमा आइशा सिद्दिका रदि अल्लाहु अन्हुले भन्नुहुन्छ : एक रात मैले अल्लाहको नबी सल्लल्लल्लाहु अलैही वसल्लमलाई देखिन तब मैले वहाँलाई बकिअ(कबरिस्तान) मा पाए । अल्लाहको नबिले मलाइ भन्नू भयो : "के तिमिलाइ यो कुराको डर थियो क्क अल्लाह र उस्को रसुल तिम्रो हकलाई छोढ्नु हुनेछ ? मैले उत्तर दिए : ए अल्लहको रसुल सल्लल्लाहु अलैही वसल्लम ! मैले सोचेको थिए कि सायद हजुर कुनै अरु अज्वाज(श्रीमती) संग हुन्हुन्छ । तब अल्लाहको पृय रसुलले भन्नू भयो :" निश्चित रुपमा ! अल्लाह शाबानको १५ औ रातमा यश संसार माथी नजर गर्नु हुन्छ र यस रातमा अल्लाह तआलाले जहन्नम बाट यती धेरै जहन्नमीलाई आजाद गर्नुहुन्छ जती "बनी कल्ब "को बाख्राहरु को कपाल छन् ।(सुनन तिरमिजी भाग २ पा १८३ हदिष ७३९)


(४) इस्लामी ओलमाहरुको जियारत गर्ने


(५) दुरुद पढ्ने 

अल्लाहको नबि हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लम को उत्तम आदेश रहेको छ," ए मानिसहरु ! निशन्देह कयामतको दिन त्यस्को प्रकोप र हिसाबकिताब बाट चाडै छुट्कारा पाउने ब्यक्ती त्यो हुनेछ जस्ले तिमीहरु मध्य म माथि संसारमा निरन्तरताका साथ धेरै दुरुद पढेको हुनेछ।"


(६) धेरै भन्दा धेरै कुरआनको तिलावत र जिक्र गर्ने 


(७) नफल पढ्ने 


 • शबे बरातको राती १०० रकात नफल नमाज ४-४ अथवा २-२ रकअत गरेर पढ्नुस् र हरेक रकअतमा १०-१० पल्ट कुल हुवल्लाहु अहद सुरह पढ्नुस् 


 • शबे बरातको दुई रकअत नफल नमाज यसरी पढ्ने : हरेक रकअतमा शुरह फातिहा पछि १ पल्ट आयतुल कुर्सी र १५ पल्ट सुरह इख्लास(कुल हुवल्लाहु अहद) पढ्नुस् । दुई रकअत पछि १०० पल्ट दुरुद पढ्नुस


फाइदा : रोजिमा बरकत हुने, दुख कष्ट बाट छुटकारा पाउने, गुनाहहरु माफ हुनेछ ।


  • शबे बरातको आठ रकअत नफल २-२ रकअत गरि यसरी पढ्ने : हरेक रकअतमा सुरह फातिहा पछि १ पल्ट शुरह कद्र र २५ पल्ट शुरह इख्लाद पढ्नुस्


फाइदा : दुआ कुबुल हुने र धेरै सवाउब पाउनेछ


  • शबे बरातको ८ रकअत नफल २-२ गरेर यसरी पढ्ने : हरेक रकअतमा सुरह फातिहा पछि १० पल्ट शुरह इख्लास पढ्नुस्


नमाज पछि हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लम, सैयदा फातिमा रदि अल्लाहु अन्हा र सम्पुर्ण सहाबा र औलियाको वसिला बाट दुआ गर्नुस् । अल्लाह तआला पूरा हजुरको सम्पुर्ण दुआ कुबुल गर्नु हुनेछ । इन्शा अल्लाह

  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार