मुख्य समाचार
धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध |

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने र्‍यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग (तस्बिरसहित)

Samachar Rekhanews 129+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्‍यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग भएको पाइएको छ । 

प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको हो । रातोपाटीको क्यामेरामा कैद भएको योगी आदित्यनाथसहितको ब्यानरमा ‘राजसंस्था पुनर्स्थापना गरौँ’ नारा प्रयोग गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्‍यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे चासो राखेका छन् ।   छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादी महोदयहरुकाले र्‍यालीमा प्रयोग गरेका यी २ फोटाहरू.....’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यस विषयमा अनभिज्ञता देखाए । उनले भने, ‘कसले प्रयोग गरे केही थाह छैन ।’ गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । 

उनी गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध कटाक्षसहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत अब चुप लागेर नबस्ने बताएका थिए । त्यसलगत्तै उत्साहित भएका राजावादीहरूले पूर्वराजाको पक्षमा प्रदर्शनहरू गर्दै आएका छन् । रातो पाटी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार