मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदै

Samachar Rekhanews 131+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

२४ जेठ, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान पर्व ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदैछ ।

त्याग र बलिदानको शास्वत सन्देश दिने यो पर्व ३ दिनसम्म लगातार मनाइने गरिन्छ ।

यस पर्वमा भेडा, बाख्रा, रा“गा, ऊ“ट आदिको कुर्बानी दिने गरिन्छ ।

कुर्बानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छर–छिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको छ ।

बकरीदको नमाज पढेपछि एक अर्कालाई अंकमाल गरि शुभकामना साटासाट गर्ने परम्परा रहेको छ ।

यस पर्वमा ईदगाह नजिक आउने गरिब गुरुवाहरुलाई दान दिने गरिएको छ । साथै नमाज पढिसकेपछि साथीभाई, इष्ट–मित्रहरुलाई शुभकामना दिइ मिठो परिकार खुवाउने गरिन्छ ।

मान्यता अनुसार, एकदिन अल्लाहले हजरत इब्राहिमलाई सपनामा उनको सबैभन्दा प्रिय बस्तुको कुर्बानी मागे । हजरत इब्राहिमलाई सबैभन्दा प्रिय उनको छोरा थिए उनले आफ्नो छोराको कुर्बानी दिने निर्णय गरे ।

निर्णयअनुसार हजरत इब्राहिमले आफ्नो छोरा बलि दिन उसको घाँटीमा प्रहार गरे । त्यसै समय अल्लाहले चक्कूको प्रहारबाट हजरत इब्राहिमको छोरालाई बचाएर एउटा खसी कुर्बानी दिलाए ।

त्यसपश्चात कुर्बानीका रूपमा खसी कुर्बानी दिने गरिएको हो । धार्मिक मान्यता अनुसार उनकै पालामा खसीको कुर्बानीको शुरुवात भएको मानिन्छ ।

गएको फागुन १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकोमा मुस्लिम आयोगको पत्र अनुसार शनिवार अर्थात् सार्वजनिक विदाका दिन नै बकर ईद परेको गृह मन्त्रालयले जानकारी गराएको छ ।

बकरीदको नमाज आज बिहान ७ बजे नेपालगन्ज वीपी चोक नजिक ईदगाहमा हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार