मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

ब्राउन सुगरसहित तीन जना पक्राउ

Samachar Rekhanews 131+ समाचार ( )
२३ माघ २०८१, बुधवार

२३ माघ, नेपालगन्ज । बाँके प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचना पाएर गएको इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले बैजनाथ गाउँपालिका–७ पेडारीबाट ११ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार बैजनाथ गाउँपालिका–७ का ४२ वर्षीय विजय चौधरी, सोही स्थानकै ४९ वर्षीय भारती थारु र २९ वर्षीय रामेश्वर थारुलाई ११ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित संयुक्त प्रहरीको टोलीले पक्राउ गरेको हो ।

ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचना पाएर विजय थारुको घरमा छापा मारेर उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले छापा मार्ने क्रममा उनीहरु तीनै जनाले प्लास्टिक स–साना पोका बनाएर ब्राउन सुगर राख्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनालाई लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार