मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

पत्रकार रामु ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार’ प्रदान

Samachar Rekhanews 125+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

नेपालगन्ज, २९ साउन २०८२ – नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु) लाई बिहीबार ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ। लागुऔषध दुरुपयोगविरुद्ध र सामाजिक पुनःस्थापनका पक्षमा कलम चलाएबापत उनलाई यो सम्मान दिइएको हो।

दमयन्ती फाउन्डेसन नेपालद्वारा आयोजित नवौँ स्मृति दिवस समारोहमा रु. १०,००१ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो। फाउन्डेसनकी अध्यक्ष तथा स्वर्गीय नयनराज रावलकी धर्मपत्नी इन्दिरा कुमारी जिसी रावलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, डा. संकेत रिसाललगायत विभिन्न संस्थाका अगुवाहरूको उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय रावलले समाजप्रति पुर्‍याएको योगदानको प्रशंसा गर्दै लागुऔषध दुरुपयोगविरुद्ध र सामाजिक पुनःस्थापनका लागि सबैले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए। मेयर बिष्टले यो पुरस्कार हरेक वर्ष समाजमा सकारात्मक योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिँदै आएको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिए।

कार्यक्रमकी अध्यक्ष जिसीले स्वर्गीय रावलको स्मृतिमा यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन्। उनले आफ्ना श्रीमानको निधनपछि फाउन्डेसनमार्फत सामाजिक कार्यलाई निरन्तरता दिँदै आएकी छन्।

स्वर्गीय नयनराज रावलले लागुऔषध दुरुपयोगविरुद्ध र पुनःस्थापना क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। २०७३ साउन २९ मा विद्युत् प्रवाहका कारण उनको असामयिक निधन भएको थियो।

रावलको स्मृतिमा स्थापित यो पुरस्कार २०७४ मा अभियन्ता कृष्ण लामा र होमजंग शाहीलाई, २०७५ मा नील सागर आश्रमलाई, २०७६ मा समाज विकास तथा प्रवद्र्धन केन्द्रलाई, २०७७ मा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र जोशी र जिल्ला प्रहरी कार्यालय बाँकेका नायब प्रहरी उपरीक्षक सुवास खड्कालाई प्रदान गरिएको थियो। त्यस्तै, २०७८ मा अञ्जनी माता रसोई, २०७९ मा नेपालगन्ज वडा नं. १२ को प्रयास फाउन्डेसन बाँके, २०८० मा डा. संकेत रिसाल र २०८१ मा प्रवीण बिसीलाई यो पुरस्कार प्रदान गरिएको थियो।

यो सम्मानले लागुऔषधविरुद्धको अभियान र सामाजिक पुनःस्थापनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्दै रावलको स्मृतिलाई जीवन्त राख्ने प्रयास गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार