मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा कोशी, बागमती, गण्डकी र कर्णाली धेरै भारी वर्षाको सम्भावना

Samachar Rekhanews 131+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।

जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ रातो पाटी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार