मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

Samachar Rekhanews 125+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

२४ माघ, नेपालगन्ज । बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको ’सिद्धार्थ कटेज’को लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् ।

सिद्धार्थ ग्रुपको २७औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै  गौरब भएको बताए ।

कटेजमा हाल यस क्षेत्रकै उत्कृस्ट र सुबिधा सम्पन्न मल्टी कुजीन रेस्टुरेन्ट सुरु गरिएको छ ।

बगैँचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधा सहित योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधा सम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष  लक्ष्मण न्यौपानेले जानकारी दिए ।

योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटी अन्तर्गत दुई वटा कटेज भएका छन् । “यसअघि बुटवलको चौराहमा बिगत १३ बर्ष देखी सिद्धार्थ कटेज सञ्चालनमा छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ”, न्यौपानेले भने ।

करिब ३५ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको सिद्धार्थ कटेजको हलमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुनेछ । बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गर्न लागिएको उनले बताए ।

उक्त कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तिमा १०० जना बढिले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

हाल सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौँको तीनकुने र धोबिघाट, बुटवलकै चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा छन् भने धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ ।

सिद्धार्थ बिजनेस ग्रुपको सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलका साथै सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेलगायतका ब्राण्ड सञ्चालनमा 

छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार