मुख्य समाचार
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन |

क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन

Samachar Rekhanews 127+ समाचार ( )
२१ मंगशिर २०८२, शनिबार

२० मंसिर, नेपालगन्ज । क्रियाशिल पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क स्थित कार्यालयको शनिवार एक कार्यक्रमकाबीच क्रियाशिल पत्रकार महिला बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले उद्घाटन गरेकी हन् ।

क्रियाशिल पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन पछि बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष पोखरेले पत्रकार महिलाहरुको क्रियाशिलताका सवालमा काम गर्न सहज हुने बताइन् ।

उनले पत्रकार महिलाहरुलाई एकठाउँमा गोलबद्ध गर्दै क्रियाशिल पत्रकार महिलाहरुले कार्यक्रम गरेको प्रति खुशी ब्यक्त गरिन् । आगामी दिनमा पनि निरन्तर पत्रकार महिलाहरुका सवालहरुलाई सम्बोधन गर्दे अगाडि बढ्नुपर्ने आवश्यकता औल्याइन् ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाइले क्रियाशिल पत्रकार महिलाहरुले गर्दे आएका गतिविधि अनुकरणीय रहेको बताए । उनले पत्रकार महिलाहरुको सवालमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा कार्यक्रममा विशिष्ठ अतिथि डक्ट धितालले पत्रकार महिलाहरुलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पत्रकार महिलाहरुको संख्यात्मक बृद्धिसंगै गुणात्मक क्षमता बिकासका लागि क्रियाशिल पत्रकार महिला बाँकेको जिम्मेवारी थपिएको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव भगतराम चौधरी, नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली र ठकुरी पत्रकार महासंघका सचिव बिजय मल्ल लगायतले क्रियाशिल पत्रकार महिला बाँकेले पत्रकार महिलाहरुको ब्यावसायिक क्षमता र क्रियाशिलता बढाउन विशेष योजनाका साथ लागी पर्न सुझाव दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले अध्यक्ष पदमा निर्वाचित भएको एकबर्ष नपुग्दै कार्यालय उद्घाटन कार्य सम्पन्न भएकोमा समन्वय र सहकार्य गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दे आगामी दिनमा थप योजनाका साथ रोचक कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष गरिन् ।

उनले कार्यालय स्थापनासंगै क्रियाशिल पत्रकार महिला बाँकेले गर्दै आएको सण्डे क्लब, नियमित औपचारिक कार्यक्रम र बिशेष कार्यक्रम गर्न सहज हुने धारणा राखिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार