मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत

Samachar Rekhanews 125+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

३० कार्तिक, नेपालगन्ज । नेपालगन्जबाट रुपईडिहा हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको छ ।

सुरक्षा अधिकारीले जनाए अनुसार, शंकास्पद अवस्थामा शनिबार नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरू भारत यात्राका लागि आवश्यक कुनै पनि वैध कागजात बिना नै सीमा पार गर्न खोजेको खुलेको छ ।

एसएचओ रमेश सिंह रावतका अनुसार, रुपैडिहा बीओपीका एसएसआई जगत दास, महिला कन्स्टेबल रानी कुमारी, टी. यमुना र ज्योति सिंहसहितको संयुक्त टोली आवत–जावत गर्दै गरेका व्यक्तिहरूको कागजात जाँच गरिरहेको समयमा ती दुईलाई रोकेर विस्तृत जाँच गर्दा कागजात अभाव पुष्टि भएको हो ।

पक्राउ परेका व्यक्ति ६१ वर्षीया सुमित्रा शकील ओलिभिया रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी कर्नाटकको उडुपी निवासी जोन फ्रेडरिक सुमित्राकी छोरी हुन् र हाल बेलायतको ग्लुसेस्टरस्थित २५ हार्कोम्ब ड्राइभमा बसोबास गरेको खुलेको छ ।

त्यस्तै उनका सहयात्री ३५ वर्षीय हसन अम्मान सलीम बेलायतको म्यानचेस्टरस्थित १ ए डालमोर्टन रोडमा बस्दै आएका छन् । हसन पाकिस्तानी मूलका नागरिक रहेको बताइएको छ ।

दुवैले भारत प्रवेशका लागि कुनै पासपोर्ट–डाभिडा वा कानुनी कागजात प्रस्तुत गर्न नसकेपछि उनीहरूलाई अवैध रूपमा सीमा पार गर्ने प्रयासको आरोपमा मुद्दा दर्ता गरी बहराइचको अदालतमा पेश गरिएको प्रहरी जनाएको छ ।

यसबीच दुवै जनालाई अहिले बहराइच कारागारमा राखिएको छ र उनीहरुमाथि थप १४ दिन न्यायिक हिरासतमा राखी अनुसन्धान अघि बढाइएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

पक्राउ परेका दुई विदेशी नागरिक बि.एन. अस्पताल नेपालगन्जले सञ्चालन गरिरहेको कान अप्रेशन शिविरका प्राविधिक रहेको पुष्टि भएको छ ।

अस्पतालले ब्रिनोज यूके, ब्रिटेन नेपाल अटोलोजी सर्भिस यूकेको सहकार्यमा कार्तिक २२ गतेदेखि कान अप्रेशन शिविर सञ्चालन गर्दै आएको थियो । यसका लागि ब्रिटेनबाट ईयर सर्जन डा. म्याकलम पावल हिल्टनको नेतृत्वमा व्यवस्थापक रोविन योङ्स, ६१ वर्षीया कान प्राविधिक सुमित्रा शकील ओलिसिया र ३५ वर्षीय हसन अम्मान सलीम एक हप्ता अघि नेपालगन्ज आएका थिए ।

उक्त टोलीका प्राविधिक हाल ब्रिटिश नागरिक रहेका सुमित्रा र हसनलाई शनिवार नेपालगन्जको जमुनाह नाका पार गरी रुपैडिया प्रवेश गरेपछि भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार