मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

पत्रकार हत्याको विरोधमा पत्रकार महासंघ बाँकेद्धारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Samachar Rekhanews 131+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

बाँके चैत १९ गते ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारको हत्या र सञ्चारगृहमाथिको आक्रमणको निन्दा गर्दै स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका जिल्ला अध्यक्ष नवीन गिरीको नेतृत्वमा मंगलवार जिल्ला प्रशासन कार्यालय पुगेर पत्रकारको टोलीले पत्रकार सुरेश रजकको हत्यारालाई तत्काल पहिचान गरि पक्राउ गर्न पनि आग्रह गरेको छ ।

काठमाडौंमा गएको चैत १५ गते राजावादीहरुको आन्दोलनको क्रममा रिपोर्टिङमा खटिएका एभिन्यूज टेलिभिजनका पत्रकार रजकको आगलागीमा परी मृत्यु भएको थियो । ज्ञापनपत्र बुझाउदै अध्यक्ष गिरीले रिपोर्टिङमा खटिएका पत्रकारको हत्या गरिएको उल्लेख गर्दै तत्काल दोषी पत्ता लगाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गिरीले पत्रकारहरु ढुक्क भएर रिपोर्टिङमा खटिन सक्ने अवस्था नरहेको भन्दै राज्य पत्रकारको सुरक्षाकालागि गम्भीर बन्नुपर्ने बताए । आन्दोलनको नाममा पत्रकारको हत्या गर्ने, पत्रकारहरुलाई आक्रमण गर्ने र सन्चारगृहमाथि तोडफोड तथा आगजनी गर्ने कार्य अपराधिक गतिविधि भएको उल्लेख गर्दै राज्यले दोषीलाई कारबाही, मृतकलाई राहत र घाईतेलाई उपचार नगरे चरणबद्ध कडा आन्दोलन गर्ने गिरीले चेतावनी दिए ।

मागहरु ७ दिनभित्र पूरा गर्न पत्रकार महासंघले अल्टिमेटम दिएको छ । ज्ञापनपत्र बुझिसकेपछि सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले उक्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यलयमा पठाइने प्रतिवद्धता जनाए । ज्ञापनपत्र बुझाउन महासंघ अध्यक्ष गिरीको नेतृत्वमा महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँ, महासंघ बाँकेका पूर्व अध्यक्षहरु नीरज गौतम, झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी लगायत विभिन्न मिडियामा कार्यरत संचारकर्मीहरु सहभागि भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार