मुख्य समाचार
ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत | राप्ती सोनारी सुशासन प्रवद्र्धनतिर लम्किँदै | क्रिसमस डे’ आज धूमधामका साथ मनाइँदै | नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु | नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा, गोविन्द विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन | नेपालगञ्ज उपमहानगरपालिका का सात वडा कार्यालय भवनविहीन | वडालाई फोहोरमुक्त बनाउन अति आवश्यक | लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ | क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन | लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन |

ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत

Samachar Rekhanews 116+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

१७ पपौष, नेपालगन्ज । ईस्वी सन्को २०२५ लाई विदाई गर्दै नयाँ वर्ष २०२६ को भव्य स्वागत गरिएको छ ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२६ प्रारम्भ भएको छ ।

जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको मान्यता रहेको छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको ज्योतिषाचार्यहरुको भनाइ छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।

सौरमास र चन्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव विश्वव्यापी छ । ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेण्डको एक वर्ष हुन्छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ को आयोजन गरेर यो संवत् मनाइन्छ ।

वर्ष २०२६ को भव्य स्वागतका लागि नेपालगन्ज, कोहलपुर लगायत देशको विभिन्न स्थानमा थुपै्र रात्रीकालिन कार्यक्रमको आयोजना गरिएको थियो ।

यसैगरि आज नेपाली टोपी दिवस मनाइँदैछ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस मनाउन थालिएको हो ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार