मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

डुडुवाद्वारा योजना कार्यान्वयन

Samachar Rekhanews 125+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

५ वैशाख, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा विकास निर्माणको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो । 

गत वर्षको निर्माण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सडक, भौतिक पुर्वाधार, नाला, मर्मत सम्भारलगायतका कार्य भईरहेको छ ।

गाउँपालिकाको वार्ड नं. ६ मा केही दिनदेखि एउटा सडकको निर्माणको कार्य शुरु भएको छ । हिरिमिनियाको मुल सडकदेखि निमार्णाधिन कोल्डस्टोरसम्म ८ सय २८ मिटर लामो सडकको निर्माण शुरु भएको हो । उक्त सडकको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै ग्रामिण क्षेत्रमा आवात–जावतका लागि सडकको राम्रो सुविधा नभएकाले सडकलाई प्राथमिकतामा राखी निर्माण गरिएको बताए ।

उनले सडक, विजुली, पुर्वाधारले नै गाउँ टोलको विकास हुने भएकाले प्रयाप्त बजेटको अभावमा सोचे अनुसारको सडक निर्माण गर्न नसकेको बताए ।

रु. तीन करोड १९ लाख १८ हजार ६ सय ४८ (भ्याटसहित) को लागतमा रेग्मी कल्पेश्वर जेवी नेपालगन्ज कम्पनीले निर्माणको जिम्मा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले बताए । नालासहित असफाल्ट कंक्रिट र पिसिसी सडक निर्माण गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार