मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |
मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

विविध कार्यक्रमको आयोजन गरि संविधान दिवस–२०८१ देशभर मनाइयो

Samacharrekhanews 1+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

३ असोज, नेपालगञ्ज । विविध कार्यक्रमको आयोजन गरि संविधान दिवस–२०८१ बिहीवार देशभर मनाइएको छ ।

संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा बिहीवार विशेष समारोह आयोजना गरिएको छ ।

संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका छन् ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आह्वान गरेका छन् ।

सरकारले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डा फहराउन र घरघरमा दीपावली गर्न सबैमा आह्वानसमेत गरेको छ ।

यता लुम्बिनी प्रदेश सरकारले पनि संविधान दिवस भव्य रुपमा मनाएको छ ।

सो अवसरमा आयोजित मुल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलहरुमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताए ।

उनले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको दावी गर्दै दिर्घकालीन लक्ष्य निर्धारण गरेर योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेको बताए । ‘आर्थिक सुचकका हिसाबले कुल ग्राहस्थ उत्पादन बढेर गएको छ,प्रतिव्यक्ति आय, बहुआयमिक गरिबीको दर, बालमुत्युदर, मातृमृत्युदर घटेको छ’, मुख्यमन्त्रीले भने, ‘शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पु¥याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन् ।’

कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्वको मुल मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको बताए । संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन र सबै दलको बीचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नुपर्ने उनले सुझाए ।

निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हाँसिल गर्ने आकांक्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनु पर्ने बताए । राजनीतिक स्थायित्वको लागि जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुख छान्ने गरी संविधान संशोधन गरेर जान सकिने उनले बताए । अहिलेको संविधानको मुख्य उपलब्धी समानुपातिक र समावेशी प्रतिनिधित्व भएकाले यसलाई संशोधन गर्न नमिल्ने बताए ।

पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका दल नेता डिल्लीबहादुर चौधरीले विनाप्रहरीको प्रदेश सरकार हुन सक्दैन भन्दै संविधान दिवस मनाउदै गर्ने तर, संविधान लागू गर्न नसक्ने अवस्था रहेको बताए । प्रदेशको अधिकार लिन दवाव दिनुपर्नेमा उनले जोड दिए ।

संविधान दिवसका अवसरमा राजधानी राप्ती उपत्यकामा विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिएको छ ।

सरकारले असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस–२०८१ मनाउन मनाइ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार