मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी

Samachar Rekhanews 131+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

मधेश प्रदेशमा पछिल्लो समय जातीय तथा धार्मिक आधारमा द्वन्द्व र तनाव बढ्दै गएको सन्दर्भमा अधिकारकर्मी साहिल अन्सारीले समस्या समाधानका लागि संयम, छलफल र संवाद अपरिहार्य भएको बताउनुभएको छ। उहाँले असहमति र विवादलाई द्वन्द्वमार्फत होइन, समझदारी र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

अधिकारकर्मी अन्सारीका अनुसार मधेश ऐतिहासिक रूपमा विविध जाति, धर्म र संस्कृतिको सहअस्तित्वको भूमि हो। “जातीय वा धार्मिक पहिचानका नाममा फैलाइने घृणा र उत्तेजनाले समाजलाई विभाजनतर्फ लैजान्छ,” उहाँले उल्लेख गर्नुभयो।

उहाँले मधेशमा देखिएको तनावको प्रभाव बाँके जिल्लामा नपरोस् भन्ने उद्देश्यले भिडिओ सन्देशमार्फत सार्वजनिक आह्वान समेत गर्नुभएको छ। उक्त भिडिओमार्फत उहाँले बाँकेका नागरिक, युवा, धार्मिक अगुवा तथा सरोकारवालाहरूलाई संयम अपनाउन र अफवाह तथा उत्तेजक गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ।

अधिकारकर्मी अन्सारीले राज्यका निकाय, राजनीतिक दल, नागरिक समाज र समुदायका नेतृत्वकर्ताहरूले शान्ति, सद्भाव र सहअस्तित्व कायम राख्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले द्वन्द्व होइन, संवाद नै स्थायी शान्ति र सामाजिक एकताको बाटो भएको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार