मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

बासद्वारा कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रमको आयोजन

Samachar Rekhanews 125+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

बास नेपालले कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगर टोलमा कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरेको छ । 

रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा शुक्रवार उक्त कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरिएको हो ।

प्लाष्टिकजन्य फोहोरमैला ब्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तर्गत कोहलपुर नगरपालिकामा कार्यक्रमहरु गर्ने क्रममा शुक्रवार कचहरी नाटक प्रस्तुत गरिएको थियो भने नाटक प्रदर्शन स्थलमा झण्डै एक सय जनाको उपस्थिति रहेको थियो । 

कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरसिंह कठायत, कोहलपुर नगरपालिका वाताबरण शाखा प्रमुख बिर बहादुर थापा, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, निर्देशक हेमराज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कचहरीमा बिभिन्न आमा समुह, सामुदायिक बन समिति, नगर स्तरिय युवा सञ्जाल, टोल बिकास संस्थाहरु बाट सहभागीता रहेको थियो ।

प्लाष्टिकको प्रयोगमा कमी ल्याउन हरेक नागरिकहरु स्वयं सचेत हुन जरुरी रहेको र सामान किन्न बजार जाँदा कपडाको झोलानै प्रयोग गरौं भन्ने सन्देश छर्न देखाईएको कचहरीमा घरबाटै फोहोर बर्गीकरण गर्दा ध्यान दिनु आवश्यक रहेको कुरा कचहरीमा प्रस्तुत गरिएका हो ।

कचहरी नाटकका पात्रहरुमा मन भण्डारी, रबिन्द्र बोहोरा, शोभा भण्डारी, शोभा थापा मगर, तपेन्द्र मलाती र लोक बहादुर घर्ति रहेका थिए । नाटक समापन सँगै नाटकका पात्रहरुले चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरा,ैं रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं, प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य अंिकंत प्लेकार्ड प्रदर्शन गरेका थिए । 

कचहरी नाटक समापनसँगै आफ्ना भनाई राख्दै वडा नम्बर २ का वडा अध्यक्ष हरसिंह कठायतले नाटकका पात्रहरुद्धारा प्रस्तुत गरिएका बिषयबस्तुहरु बोल्नै नपर्ने गरी सरसफाईको क्षेत्रमा छर्लङ भएको बताए । बास नेपालले आफ्नो समुदायमा गर्दै आएको सरसफाई सम्बन्धि कार्यक्रम उल्लेखनीय भएको बताउँदै आगामी कार्यक्रमहरु मिलेर गर्ने उनले थपे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका निर्दैशक हेमराज भट्टले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक माधव कार्कीले गरेका थिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार