मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |
मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |


तीन हजार विद्यार्थीको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रम उद्घाटन

Samachar Rekhanews 125+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

१६ कात्तिक, नेपालगन्ज । करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गरिएको हो । a

अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले संयुक्त रुपमा राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रबिन्द्र श्रेष्ठलाई फुटबल हस्तान्त्रण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा सहभागि विद्यालयहरुको तर्फबाट प्रतिनिधिका रुपमा जुनियर आइनस्टाइन स्कुललाई फुटबल हस्तान्तरण गरिएको थियो । 

नेपालगन्ज रंगशालामा भएको कार्यक्रममा बाँके जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनको दिन नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समुहका खेलाडीहरुले प्रशिक्षणसँगै मैत्रीपुर्ण अभ्यास खेल खेलेका थिए । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष नेम्वाङले फुटबलको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्नका लागि फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपुर्ण रहेको बताए । उनले भने, ‘हामी निकै खुसी छौं । फिफाको अवधारणा अनुसार यो कार्यक्रम एक हजार भन्दा धेरै विद्यालयमा पुगिसकेको छ । नेपालगन्जमा आयोजना गरिएको यो कार्यक्रमले समाजलाई एकताको सुत्रमा बाध्न फुटबलले सहयोग गर्छ भन्ने देखाएको छ । फुटबलले बालबालिकाको मतिष्कमा सकारात्मक प्रभाव पार्छ । यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन यहाँका स्थानीय तह, एन्फा बाँके, फुटबल क्लब र स्थानीयबासीलाई म अनुरोध गर्दर्छु ।’

नगर प्रमुख विष्टले बाँकेमा जिल्लामा फुटबल संघले गरिरहेको गतिविधिबाट आफु निकै प्रभावित भएको बताउँदै आगामी दिनमा फुटबलको विकासमा उपमहानगरपालिकाले सहकार्य गरेर अगाडी बढन तयार रहेको बताए । उनले भने, ‘खेलकुदका कार्यक्रममा फुटबल अगाडी छ । हामी खुसी लाग्छ बालबालिकालाई फुटबलको माध्यमबाट भएपनि शारीरिक र मानसिक रुपमा बलियो बनाउने प्रयास भैरहेको छ । यो अहिले हाम्रो समाजलाई निकै आवश्यक कार्यक्रम हो । यसमा हामी सहकार्य गर्नेछांै ।’ 

ग्रासरुट फुटबललाई नियमित गराउन बजेट बिनियोजन गर्ने विष्टले बताए । फिफा फुटबल फर स्कुल कार्यक्रमले बाँकेमा फुटबल संस्कृतिको विकास गर्न सहयोग गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य शाहीले बताए । उनले भने, ‘ फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटनलाई भव्य बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद । बाँकेबाट फुटबलका नयाँ प्रतिभा उत्पादन गर्न हामीले योजना बनाएर काम गरिरहेको छौं । त्यो अभियानमा फिफा फुटबल फर स्कुल कार्यक्रम महत्वपुर्ण सावित हुनेछ ।’

नेपालगन्ज रंगशालामा ८ देखि १२ वर्ष उमेर समुह बालबालिकाहरुलाई बाँके जिल्ला फुटबल संघले चार महिना अघि देखि हप्ताको दुई दिन निःशुल्क रुपमा प्रशिक्षण गराउँदै आएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताए ।

नेपालगन्ज रंगशालामा तिन सय बालबालिकाहरुले बिहिबार र शुक्रबार प्रशिक्षण गरिरहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा यो कार्यक्रम विस्तार गरेर बालबालिकालाई फुटबल प्रशिक्षण गराउने योजना रहेको खत्रीले बताए । 

एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झनाले स्वागत गरेको कार्यक्रममा एन्फाका उपाध्यक्ष दाबा लामा, केन्द्रीय सदस्य भरत बुढथापा, मनिष जोशी, मणी विष्ट, ग्रासरुट प्रमुख पंकज शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अनिलराज भण्डारी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार