११ जेठ, नेपालगन्ज । नेपाल जडीबुटी व्यवसायी संघ (जबान) नेपालगन्जको अध्यक्षमा टंक प्रसाद शर्मा पुनः निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षको लागि मेराज अन्सारी तथा अख्तर अली हलवाई बीच प्रतिस्पर्धा हुँदा मेराज अन्सारीले ५२ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी अख्तर अली हलवाईले १६ मत मात्र प्राप्त गरि पराजित बने । यस्तै महासचिवमा भानुभक्त रिजाल, कोषाध्यक्षमा अफजाल अहमद अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरि सदस्य पदमा क्रमशः मो. आजम हलवाई, मो. यासिन अन्सारी, सन्तोष वर्मा, मो. शादाब हलवाई, रसिद अहमद अन्सारी, रेशम बहादुर खड्का तथा मिना बोहरा सिद्दिकी निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त विश्वजीत तिवारीले जानकारी गराएका छन् ।