मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

अवधी पत्रकार संघ नेपाल बाँके जिल्ला शाखा अध्यक्षमा समीर अलि चयन

Samachar Rekhanews 125+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

नेपालगन्ज ।  अवधी पत्रकार संघ नेपाल बाँकेको १५औं जिल्ला वार्षिक साधारणसभा एवं ५औं जिल्ला ‌अधिवेशन तथा बन भोज कार्यक्रम शनिबार समपन्न भएको छ । अवधी पत्रकार संघ नेपाल बाँकेको आयोजना र डुडुवा गाउँपालिका बाँकेको समुन्वयमा डुडुवा-५ स्थित पशुपति पिकनिक पार्कमा समपन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले पत्रकारिताको मर्यादामा रहेर क्रियाशिलतालाई छोड्यो भने हामी पत्रकार रहँदैनौ । कुनै मिडियाको कार्ड बोकेर आवद्ध भएर प्रमाण पेश गरे त पनि समाजले काम गरेको देखेन भने तपाईलाई कुनै पनि हालतमा पत्रकार मान्दैन उनले भने । अवधी पत्रकारको संख्या ७६ हो तर यो कुनै सानो संख्या होइन तपाईहरु नेपाल पत्रकार महासंघ बाँकेको नयाँ सदस्यता थपने क्रममा योग्यता प्रमाणसहित आउनुस खुल्ला हृदयले स्वागत र सहयोग गर्ने जिकिर गरे ।

अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले देशैभर अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघमा आबद्ध पत्रकारहरुको क्षमता विकाससंग महिला पत्रकारहरुको ठूलो चुनौती रहेकाले उनीहरुको विकासका लागि सरकार उदासिन भएको भन्दै अवधी पत्रकारहरु सक्रियसंगै एकजुट हुन आवश्यक रहेको बताए ।

यस्तै अवधि पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले अवधी भाषाको विकास र संरक्षणका लागि दुई दशक अघिको सपना साकार बनाउन संस्था स्थापना गरिएको भन्दै पछिल्लो समय अवधीको विकासमा सरकारले खासै ध्यान नदिएकोप्रति दुःख समेत व्यक्त गरे ।

संघका जिल्ला अध्यक्ष प्रहलाद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन संघका सचिव रमेशकुमार यादव र आर्थिक प्रतिवेदन असफाक अहमद जसगढले प्रस्तुत गरेका थिए भने प्रस्तुत प्रतिवेदन बन्द शत्रमा छलफल गरि पारित गरिएको थियोे ।

साहिद अली (समीर)को नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

अवधी पत्रकार संघ नेपाल बाँकेको शनिबार सम्पन्न साधारणसभा तथा जिल्ला ‌अधिवेशनले पत्रकार साहिद अली सलमानी (समीर)को अध्यक्षतामा सर्वसम्मत ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा अशफाक जसगढ र प्रीति पटेल, सचिवमा अलका मिश्रा, सहसचिवमा मो. ताहिर शेष राई, कोषाध्यक्षमा चन्दा सिंह चयन भएका छन । यसैगरी सदस्यहरुमा क्रमशः शिवम गुप्ता, अजमत अली र सकिल अहमद राई चयन भएको निर्वाचन समितिका संयोजक लियाकत अली सिद्दिकीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरी, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सभासद मो. अरसद शेष राई, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रीया स्मृति ढकाल, भेरी एफ एमका प्रबन्धक निर्देशक आरिफ अन्सारी, क्रियाशील पत्रकार संघका अध्यक्ष सावित्री गिरि लगायतको उपस्थिति थियो । कार्यक्रम संचालल भीष्म लोधले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार