मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान | अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा |

नेपालगन्जमा हुने महाधिवेशन तयारीका बारेमा नरैनापुरमा स्थानीयबासीसँग अन्तरक्रिया

Samachar Rekhanews 107+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

नेपाल मुस्लिम इत्तेहाद संगठनको आगामी वैशाख २० र २१ गते नेपालगन्जमा हुने महाधिवेशन तयारीका क्रममा मंगलबार बाँकेको नरैनापुर गाउँपालिकामा स्थानीयबासीसँग अन्तरक्रिया गरिएको छ । त्यसक्रममा स्थानीयबासीले" महाधिवेशनमा प्रधानमन्त्री समेत आउने भएकाले नरैनापुरको विकास, आवश्यकताका बारेमा ध्यानाकर्षण गराइनु पर्ने धारणा राखेका छन् । ‘नरैनापुरको शिक्षा, स्वास्थ्य, पूर्वाधारको विषय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइनुपर्छ’, उनले भने, ‘महाधिवेशनलाई नरैनापुरको विषय उठाउने र सरकार समक्ष पुर्याउने अवसरका रुपमा प्रयोग गरिनुपर्छ । 

कार्यक्रममा सहभागीहरुले इत्तेहादको महाधिवेशन सफल बनाउन आफुहरु लागि पर्ने बताउँदै त्यसका लागि पाएको जिम्मेवारी वहन गर्ने बताएका थिए । 

नेपाल मुस्लिम इत्तेहाद संगठन नरैनापुर गाउँपालिकाका अध्यक्ष मोल्हे शेखको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन कादरीले महाधिवेशन बाँकेका लागि आवसर भएको भन्दै विशेष सन्देश दिनका लागि सबै सबैको सहयोग आवश्यक भएको बताएका थिए । 

कार्यक्रममा विशेष अतिथि महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खान, अतिथिहरु इत्तेहादका केन्द्रीय सदस्य अकरम अन्सारी, सगीर खान, जमील हल्वाई, इब्राहीम शेख, खलील मिया, नेकपा एमाले नरैनापुरका अध्यक्ष  जावेद खान लगायत स्थानीय अगुवाहरूको उपस्थित थियो । 

कार्यक्रममा इत्तेहादका केन्द्रीय सदस्य अकरम अन्सारीले स्वागत गर्दै महाधिवेशन बारे करीम खान, हारुन कादरीले बोलेका थिए । अध्यक्षता गरेका मोल्हे शेख लगायत त्यहाँका अगुवाहरुले महाधिवेशनमा नरैनापुर बाट बाक्लै उपस्थिति हुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार