मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

डुडुवाद्वारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

Samachar Rekhanews 125+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

१७ जेठ, नेपालगन्ज । मानविय सेवा अन्तर्गत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा पालिकाले शुक्रबार नेपालगन्जको मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । 

पालिकाले चामल २० बोरा, नमकिन ४ बोरा, चिउरा १५ बोरा, बिस्कुट २० दर्जन, भुजा ३ बोरा, सरसफाईका लागि साबुन, सर्फ र २० जना बालबालिकाका लागि व्यागसहितको शैक्षिक सामाग्री प्रदान गरिएको पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले दुबै आश्रममा पुगेर उक्त सामाग्री हस्तान्तरण गरे ।

सेवा आश्रममा रहेका असहाय बृद्ध तथा अनाथ बालबालिकालाई खाजा, खाना र पढ्नमा सहयोग पुग्ने उद्देश्यले सामाग्री उपलब्ध गराएको अध्यक्ष चौधरीले बताए । उनले आश्रममा रहेका बृद्धहरुको अवस्था निकै दयनिय तथा दुःखदायी अवस्था रहेकाले मानव सेवाको भावनाले उहाँहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै पालिकाले आश्रमलाई आगामी दिनमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष चौधरीले निल सागर सेवा आश्रमद्वारा निमार्णाधिन भवनमा एक कोठे भवन बनाउने र केही पंखा लगायतका सामाग्री थप सहयोग गर्ने घोषणा गरे । पालिकाले यस वर्ष गणतन्त्र दिवसलाई तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार