मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै

Samachar Rekhanews 125+ समाचार ( )
२ माघ २०८२, बिहीबार

१ माघ, नेपालगन्ज । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी पर्व आज हर्षाेल्लासका साथ मनाइँदैछ ।

माघे संक्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्वपूर्ण महिना हो ।

आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ र आजको दिनलाई माघे संक्रान्ति, तिलुवा संक्रान्ति या मकर संक्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइने गरिन्छ । थारु समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रुपमा मनाउने गरेका छन् ।

माघे संक्रान्तिलाई सामाजिक सद्भाव, मेलमिलाप, स्वतन्त्रता र सांस्कृतिक पर्वको रूपमा लिइन्छ । थारू समुदाय माघे संक्रान्ति पर्वलाई कम्तीमा पाँच दिन मनाउँछन् ।

पौष मसान्तको अघिल्लो दिन नजिकको तालतलैया, नदी, सागर वा कुलोमा गएर माछा मार्ने चलन छ । यसलाई थारू जातिले मच्छीमर्ना माघ भन्दछन् ।

माघे संक्रान्तिका दिन रातो मासु देखाउन हुँदैन भन्ने पौराणिक मान्यताअनुसार पुस मसान्तको दिन सुँगुर, बंगुर काट्ने प्रचलन छ । यो दिनलाई सुवर मर्ना माघ भनिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक पर्व माघ १ गते अर्थात् माघे संक्रान्तिको बिहान नदी, ताल र सागरमा गएर स्नान गर्ने कार्य नै माघे संक्रान्तिको मुख्य विशेषता हो । माघे संक्रान्तिमा नुहाउने दिनको अघिल्लो रात अर्थात् पुस मसान्तको रात मटावा (बरघर) को घरमा रातभर धुम्रु गीत गाउने र छोक्रा नाच नाच्ने परम्परा छ । नाचमा वृद्धवृद्धादेखि युवायुवती सहभागी हुन्छन् । रातभर जाग्राम बसेर नाचगान गर्नेहरू भालेको डाँकोसँगै नाचगान गर्दै नदी, ताल वा सागरमा गएर स्नान गर्छन्  स्नान गरिसकेपछि आफूभन्दा मान्यजनसँग टीका लगाउने र साइनोअनुसार ढोगसलाम गरी आशीर्वाद लिइन्छ । नदीमा नुहाउन गएकाहरुले सेतो टीका लगाउँछन्।

पाँच दिनसम्म मनाइने यो पर्वको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।

आजको दिनबाट थारु समुदायको संवत २६४९ प्रारम्भ भएको छ । आजको दिनलाई मधेशी समुदायले खिचडी पर्वको रुपमा मनाउने गरेका छन्  जलाशय, नदी वा धारामा एकाविहानै नुहाएर यस दिन विहान खिचडी पकाएर खाने चलन रहेको छ ।

बेलुका भने मिठामिठा परिकार पकाउने र इष्टमित्र तथा पाहुनाहरुलाई घरमा बोलाएर खुवाउने गरिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार