मुख्य समाचार
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन |

बाँके प्रेस डटकमको कार्यालय नेपालगन्ज न्युरोडमा उद्घाटन

Samacharrekhanews 1+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

नेपालगन्ज : नेपालगन्जमा संचालनमा रहेको बाँके प्रेस डटकमले आफ्नो कार्यालय एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको छ ।

एस इभेन्ट मिडिया प्रा.लिद्वारा सञ्चालित बाँके प्रेस डटकमले नेपालगन्ज वडा नम्बर दुईमा आफ्नो कार्यालय उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज वडा नम्बर दुईका अध्यक्ष मनोज श्रेष्ठले नयाँ प्रविधीको बिकास संगै अनलाइन मिडियाले फड्को मारेको भन्दै जनताको आवाज बुलन्द बनाउन र जनताको आवाजलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने आशा ब्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि नेपालगन्ज ६ का वडा अध्यक्ष समीर प्रताप सिंहले बाके प्रेसको सफलताको कामना सहित बाँके प्रेसले सत्यतथ्य समाचार पस्कनेमा आफू विश्वस्त रहेको बताएका थिए । त्यस्तै कार्यक्रमका अतिथी तथा प्रेस सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहोराले जनताको दबिएको आवाज बुलन्द गर्न बाँकेका मिडियाले अझै शशक्त भुमिका खेल्नुपर्ने बताएका थिए ।

एस इभेन्ट मिडिया प्रा.लिद्वारा सञ्चालित बाँके प्रेस डटकमका सञ्चालक शिवम बानियाँको सभाध्यक्षतामा सुरु भएको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज वडा नम्बर २ का वडाअध्यक्ष मनोज श्रेष्ठ, विशिष्ट अतिथि नेपालगन्ज ६ का वडा अध्यक्ष समीर प्रताप सिंह, अतिथिहरुमा बाँके प्रेस डटकमका सम्पादक सुमन शाही, कार्यकारी सम्पादक राजेश गुप्ता, कार्यकारी निर्देशक सुधिर प्रताप सिंह, सिमादेवी गुप्ता, प्रेस सेन्टर बाँकेका अध्यक्ष चन्द्र बोहरा, प्रेस चौतारी बाँकेका सचिव कमल डाँगी, पत्रकारहरु रामु ओली, अजय पाठक, अशोक थापा, टार्जन ओली, कबड्डी संघ लुम्बिनी प्रदेश अध्यक्ष जनक केसी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार