मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

नगरमा शान्तिसुरक्षा कायम गर्न हरसम्भव प्रयास गर्ने छुः प्रहरी निरीक्षक शेखर खड्का

Samachar Rekhanews 125+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

१८ कार्तिक, नेपालगन्ज । वडा प्रहरी कार्यालय, नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखर खड्काले नगरमा शान्तिसुरक्षा कायम गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतवार मात्र वडा प्रहरी कार्यालय नेपालगन्जको कमाण्ड सम्हालेका प्रहरी निरीक्षक शेखर खड्काले मंगलवार कार्यालयमा आयोजित पत्रकारसँग परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् । सो अवसरमा बोल्दै उनले नगरमा विद्यमान लागु औषध, सामाजिक विकृति, साइबर क्राइमका घटनाहरु सम्पूर्ण स्टेक होल्डरको साथ र सहयोगले जनचेतनाको माध्यमबाट न्यून पार्न कटिबद्ध भएर लाग्ने बताए ।

सोही अवसरमा नेपालगन्जका क्रियाशील पत्रकारहरुले नगरमा विद्यमान समस्याहरुको बारेमा आ–आफ्नो भनाईहरु राखेका थिए ।

इन्स्पेक्टर खड्काले आइतवार वडा प्रहरी कार्यालय नेपालगन्जको प्रमुखका रूपमा पदभार ग्रहण गरेका हुन् ।

वडा प्रहरी कार्यालय नेपालगन्जको कमाण्ड सम्हाल्दै इन्स्पेक्टर खड्काले इमान्दारितापूर्वक काम गर्न वडा प्रहरी कार्यालयमा कार्यरत सकल दर्जालाई निर्देशन दिएका छन् ।

इन्स्पेक्टर खड्का केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ४ बन्यजन्तु तथा वातावरणसँग सम्बन्धित अपराध अनुसन्धान शाखा लाजिम्पाटबाट सरुवा भएर वडा प्रहरी कार्यालय नेपालगन्जको कमाण्ड गर्न आइपुगेका हुन् ।

यसअघि वडा प्रहरी नेपालगन्जको प्रमुखमा इन्स्पेक्टर अरुण बम थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार