मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Samachar Rekhanews 125+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

१२ वैशाख, नेपालगन्ज । डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।

गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।

शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिए ।

उनले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चितीकरणमा पर्न नहुने बताए । अध्यक्ष चौधरीले अब छिट्टै ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवाको तयारी भएको जानकारी दिए ।

गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनाका एक हजार दुई सय ६ जना बालबालिकाले नियमित रुपमा पूर्ण खोप लगाएपछि शतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख हेमन्त किशोर शर्माले बताए । उनका अनुसार पुर्ण खोप सुनिश्चिताका लागि गरिएको घरधुरी सर्भेक्षणमा १६ महिनादेखि २३ महिनाका तीन हजार २ सय १५ जनाले समेत सबै खोप लगाएको पाइएको छ ।

जिल्ला खोप समन्वय समितिे डुडुवालाई पुर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो भने पालिकाको ६ वटै स्वास्थ्य चौकीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिक रुपमा पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्र्तगत यसवर्ष पनि घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख जनकराज गिरी, वडाध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेय,  स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार