मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

वडा नं. ४ द्वारा योजना छनौट, वडा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन

Samachar Rekhanews 125+ समाचार ( )
९ असार २०८२, सोमबार

९ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडा समितिको कार्यालयले आ.व. २०८२।०८३ को योजना छनौट तथा वडा भेला कार्यक्रमको आयोजन सोमवार गरेको छ ।

यसैगरि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन पनि सोही समयमा गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजनमा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण बास नेपालले गरेको थियो ।

सो कार्यक्रममा ४ नं. वडाका वडावासीहरुले वडाको विभिन्न स्थानमा रहेका समस्याको उठान गरेका थिए । उठान भएका प्रश्नहरुको सम्बोधन ४ नं. का वडाध्यक्ष गोपाल पुनले गरेका थिए ।

आर्थिक वर्ष २०८२।०८३ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको कार्यक्रममा आर्थिक वर्षको सार्वजनिक सुनुवाई एवं वार्षिक प्रगति समिक्षा गरिएको ४ नं. वडा समिति सदस्य रुमिता श्रेष्ठले बताइन् ।

नेपालगन्ज न्यूरोडस्थित होटल आयुष्माको हलमा संचालन गरिएको सो कार्यक्रममा जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिकर्मी, टोल विकास समिति, नागरिक समाज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले आर्थिक वर्ष २०८२।०८३ को लागि आ–आफ्नो जिज्ञासा, योजनाहरु लिखित तथा मौखिक रुपमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार