मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

अदालतद्वारा डुडुवा न्यायिक समितिको कार्यसम्पादनबारे निरीक्षण

Samachar Rekhanews 125+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

३१ जेठ, नेपालगन्ज । स्थानीय तहअन्तर्गत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गरेको छ ।

जिल्ला न्यायाधिशसहितको टोलीले डुडुवा गाउँपालिका न्यायिक समितिको निरीक्षण तथा समितिसँग छलफल गरेको छ । 

गाउँपालिकाअन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय, फैसला, मुद्दा सिफारिस र अभिलेखीकरणलगायत विभिन्न प्रक्रियाका बारेमा पालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराएकी थिइन् ।

जिल्ला अदालतका न्यायाधिश दिपक घिमिरेले डुडुवाको न्यायिक समितिको न्याय सम्पादन, अदालतको कार्यशैली, ढाँचा र निर्णय प्रक्रिया तथा व्यहोराको कार्य व्यवस्थित रहेको बताए । न्यायधिश घिमिरेले न्यायिक समितिको कार्य उत्कृष्ट भएकाले सेवाग्राही तथा न्याय सम्पादनमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्दै न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दाका विषय लगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी समेत गराएका थिए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवा गाउँपालिकाका विभिन्न पक्ष र कार्र्ययोजनाका बारेमा जानकारी गराएका थिए । अनुगमन टोलीले न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलेखीकरणका बारेमा आवश्यक जानकारी गराएको थियो ।

भेटघाटमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष बानो, न्यायिक समिति सदस्य काशीराम यादव, प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेय, लगायतको सहभागिता रहेको थियो । निरीक्षण टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिष्टर समेतको अध्ययन गरेको थियो । समितिको निरीक्षणपछि अदालतले प्रतिबेदन समेत प्रदान गर्ने जनाएको छ ।

न्यायिक समितिले चालु आर्थिक वर्षको साउनदेखि जेठ ३० गतेसम्म ८८ वटा मुद्दा दर्ता भएकोमा ५८ वटा मुद्दाको फच्र्यौट भएको र ३० वटा मुद्दा फछ्र्यौटको प्रक्रियामा रहेको न्यायिक शाखाका कर्मचारी विवेक तिवारीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार