१८ मंसिर, नेपालगन्ज । बाँके प्रहरीले एक लाख बढि मूल्यको अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको छ ।
नेपालगन्ज उ.म.न.पा. को बिभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि तस्करी गरी ल्याएको च्याउ, चिनि र चामल लगायतका खाद्यान्न समेत गरी करिब रु. १ लाख ७० हजार ५ सय रुपैया मूल्य बराबरको सामान बरामद गरी ढुवानीमा प्रयोग गरिएको सवारी साधन र संलग्न मानिस सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको छ ।
यस्तै बैङ्किङ कसूर मुद्दामा बाँके जिल्ला अदालतको मिति २०८१।१०।२० गतेको फैसलाले रु. ६ लाख ५० हजार रुपैयाँ जरिबाना र एक महिना कैद सजाय तोकिएका जिल्ला बाँके डुडुवा गा.पा. ३ बस्ने नन्दराम तिवारीलाई बुधवार नेपालगन्ज उ.म.न.पा. ६ फुल्टेक्राबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेका नि. सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी गराएका छन् ।