मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको जीवनउपयोगी सीप विकास तालिम सम्पन्न

Samacharrekhanews 1+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

१६ पुस, नेपालगञ्ज । बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनलसंगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरिरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो ।

सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा आत्म–जागरूकता, प्रभावकारी संचार कौशल, अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा निर्णय क्षमता बढाउनुका साथै समस्या समाधान र नेतृत्व विकासमा केन्द्रित ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

उनले सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्व सहित आत्मरक्षा एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी ज्ञानहरु पनि प्राप्त गरेको बताए । 

तालिममा सहभागि युवतीहरु निकै हर्षित र उत्साहित भएको जनाउँदै समाजमा सम्मानजनक जीवन बिताउनको लागि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न उनिहरुले प्रतिवद्धता समेत जनाएको बताईएको छ ।

सो तालिममा राजापुर नगरपालिकाबाट २५ जना युवा महिलाको सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको सभापतित्वममा सम्पन्न भएको तालिमको समापन समारोहमा सहभागिहरुलाई बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, वरिष्ठ उपाध्यक्ष गुरुंग र तालिमका प्रशिक्षक दिनेश चौधरी लगायतले प्रमाणपत्र बितरण गरे ।

सहभागीहरुको तर्फबाट बोल्दै रामकुमारी चौधरीले जीवन सीप तालिमले आफुहरुको ज्ञान र आत्मविश्वासको स्तरमा बृद्धि हुनुका साथै रोजगारी सिर्जनाको अवसर पनि सृजना गरेको हुनाले धेरै उपयोगी सावित भएको बताइन् ।

सहभागि मध्येकै एक अनिता थारुले सञ्चालन गरेका सो कार्यक्रममा बाँके युनेस्को क्लबका लजिस्टिक अफिसर शंकर सिङ्ग थारु, सहायक प्रशिक्षक अनिता विष्ट, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार