मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

Samachar Rekhanews 125+ समाचार ( )
६ माघ २०८१, आइतबार
६ माघ, नेपालगन्ज । सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालयले नौबस्ता बाँकेको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
“२४औ शसस्त्र प्रहरी दिवस–२०८१” को अवसरमा एक दिने क्यानसर निदान निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
आयोजित रक्तदान कार्यक्रमम जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्ट र बैजनाथ गाउँपालिका प्रमुख प्रकाश शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका राजेन्द्र महतरा, सुनिल रत्गैया र नबीन जायसवाललाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
रक्तदान कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्ट, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका डा. निरज भट्टराई र सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ताका सशस्त्र प्रहरी जवान लगायतल १ सय भन्दा बढीले रक्तदान गरेका थिए ।
यसरी रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका राजेन्द्र महतरा,  होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, नबीन जायसवाल, सञ्जय बढही,  बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
यसैगरी आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ७६ जनाले आ–आफ्ना स्वास्थ्य जाँच गराएका थिए । कार्यक्रममा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका डाईरेक्टर डा.प्रकाश प्रसाद शाह, डा. निरज भट्टराई  (कार्डियो भासकुलर सर्जन), डा. सुभाष मेहता (बालरोग बिशेषज्ञ), डा. प्रबीण गुप्ता( यू्रो सर्जन), नाक, कान घाँटीरोग बिशेषज्ञ डा. रवि स्वाँर, स्त्रीरोग बिशेषज्ञ डा. इन्द्रनील घोष, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सूचना अधिकारी राम बहादुर हमाल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ताका समादेशक (एस.एस.पी) गंगाराम श्रेष्ठ, कार्यक्रम संयोजक एस.पी. सञ्जय भट्टराइृ लगायतको सहभागिता रहेको थियो प्रादेशिक रक्त सञ्चार केन्द्रका होमराज गिरी बताएका छन् ।
यसरी कार्यक्रममा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका डाईरेक्टर डा. प्रकाश प्रसाद साहले बहालवाला र अवकाश प्राप्त सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेका पदाधिकारी तथा जवानहरुको उपचारमा २० प्रतिशत छुट गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, सशस्त्र प्रहरी बल नेपाल क्षेत्रीय अस्पताल, नेपाल रेडक्रस सोसाइटी बाँके प्रादेशिक रक्त सञ्चार केन्द्रको सहयोग÷समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार