मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन

Samachar Rekhanews 131+ समाचार ( )
१९ मंगशिर २०८२, बिहीबार

१८ मसिर, नेपालगन्ज । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरुले बताएका छन । उनीहरुले महिला तथा बालबालिका सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रयाप्त कानुन भएपनि कार्यान्वयन प्रक्रिया फितलो भएकाले पीडितले न्यायोचित न्याय पाउन नसकेको अवस्था रहेको बताएका थिए ।

महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले कानुन निमार्णका विषयमा आज नेपालगन्जमा गरेको कानुन विज्ञसंगको संवादमा सहभागी कानुन व्यवसायीहरुले अपराध गर्ने मानिसले खुलेआम सम्मानपुर्वक रुपमा हिँडिरहेकाले पीडितलाई न्यायको अनुभुति नभएको बताएका छन ।

उनीहरुले लैङ्गिक हिंसा जस्तो जघन्य अपराध नियन्त्रणका लागि आफ्नै घरपरिवारबाट अभियान संचालन गरि समाजमा सचेतना र सरोकारवाला निकायलाई कानुनको कार्यन्वयनका लागि दबाब दिनुपर्ने जोड दिएका थिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले लैङ्गिक हिंसा निवारणका लागि मानिसको व्यवहार, आचरण परिवर्तन गर्नुपर्ने भन्दै महिला पुरुष समान रुपमा घरको भान्सादेखि बाहिरसम्म सबै काममा सहयोग गर्नुपर्ने बताए ।

उच्च अदालत बार एशोशिएसन नेपालगन्जका अध्यक्ष अधिवक्ता चित्रबहादुर शाहीले हरेक अभिभावकले महिला पुरुषमा कुनैपनि विभेद नगरी समान रुपमा उच्च शिक्षा दिनुपर्ने भन्दै अपराध गर्ने जो कोहीलाई कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

अधिवक्ता बसन्त गौतमले लैङ्गिक हिंसाका सवाललाई सम्बोधन गर्न हरेक कार्यालयमा हेल्प डेक्सको व्यवस्थापन गर्नुपर्ने भन्दै महिला सशक्तिकरण र आर्थिकस्तर बृद्धिका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

महिला अगुवा शाहिदा शाहले समाजमा राम्रो काम गर्ने महिलाको सम्मान गर्नले अन्य महिलालाई समेत उत्प्रेरणा मिल्ने भएकाले महिलामाथी दुराचार गर्नेलाई सशक्त रुपमा कानुनी कारवाही गर्नुपर्नेमा जोड दिइन् ।

डुडुवा गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रले महिला तथा बालबालिकासम्वन्धी विभिन्न कानुनहरु भएपनि त्यसबारे प्रचार प्रसारको अभावमा महिलाहरुमा सचेतना न्युन रहेकाले पीडितले कानूनी उपचार बारे प्रक्रिया थाहा नपाउदा अघि बढन नसकेको बताइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी तिवारी, महासचिव अधिबक्ता केवलसिंह थारु, उच्च अदालत बार एशोसिएशन नेपालगन्जका पुर्व अध्यक्ष बलबहादुर चन्द, अधिवक्ता हिरा श्रेष्ठ, अधिकारकर्मी टेकनाथ आचार्यलगायतले लैङ्गिक हिंसाका विभिन्न सवालका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार