मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइँदै

Samacharrekhanews 1+ समाचार ( )
२० पौष २०८१, शनिबार

२० पुस, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा प्रर्या पर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो । 

पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि पर्यटनसंग जोडेर विभिन्न परियोजना संचालन गरिएको छ ।

डुडुवामा अधिराज्यकै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरण अन्तर्गत वाउण्ड्री (वाल) निर्माण गर्न शिलान्यास गरिएको छ ।

एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गर्दै डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौदेखिको योजना बल्ल कार्यन्वयनमा आएको बताए । उनले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताए ।

करिब २७ विगाह जग्गामा बृहत्तर रुपमा पर्यटन क्षेत्रको दिर्घकालिन प्रोजेक्ट संचानल गरि कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताए ।

वडा नंं. २ मा प्रर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडा अध्यक्ष दुर्गाप्रसाद बर्माले बताए । अध्यक्ष बर्माले भने, ‘यस वडामा धार्मिक हिसाले मठ मन्दिर, मस्जिद, झुलेंगे पुल, डुडुवा नाला, वगर क्षेत्र, सिमा नाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिने छ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ ।’

गाउँपालिकाको क्रमागत योजना अन्तर्गत रु १ करोड ४ लाख ६१ हजार ६ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दिपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म वाउण्ड्री वाल निर्माणको काम सम्पन्न गर्ने गरि सम्झौता भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार