मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ

Samachar Rekhanews 131+ समाचार ( )
२५ मंगशिर २०८२, बुधवार

२४ मंसिर, नेपालगन्ज । बाँके प्रहरीले नगरको छुट्टा–छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।

सोमवार नेपालगन्ज उ.म.न.पा.१४ बालेगाँउ स्थित मेरो प्लानेटभित्र लागू औषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बाँके नेपालगन्ज उ.म.न.पा.१४ बस्ने बर्ष २४ को सुदिप कुमार भाट, ऐ. ऐ. बस्ने बर्ष २६ को पवन कुमार शर्मा र ऐ. डुडुवा गा.पा. ६ बस्ने बर्ष २७ को राजु शाहलाई खानतलासी गर्दा निजहरुको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ६४ ग्राम १६० मिलिग्राम फेला पारिएको हो ।

निजहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुले उक्त लागू औषध जिल्ला बाँके नेपालगन्ज नेपालगन्ज उ.म.न.पा.१४ उधोपुरुवा बस्ने बर्ष ५९ को सुरत खटिकबाट लिएको भनी खुलाए अनुसार निज सुरत खटिकको घरमा गई शरीर तलासी गर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ शुद्ध तौल ३३ ग्राम ८७० मिलिग्राम, निजको घरको झ्यालमा शुद्ध तौल १ ग्राम ६०० मिलिग्राम लागू औषध फेला पारी निजहरुलाई नियन्त्रणमा लिई लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कानूनी प्रक्रिया बढाउनुका साथै थप अनुसन्धान कार्य भईरहेको छ ।

यस्तै मंगलवार नेपालगन्ज उ.म.न.पा.१५ जमुनाह माछा मण्डी नजिक प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारत उत्तर प्रदेश नानपारा बस्ने वर्ष २२ को थरुवा अहमद र ऐ. ऐ. बहराइच बस्ने बर्ष २५ को तोहिद खानलाई खानतलासी गर्दा निजहरुको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ३७ ग्राम ४८० मिलिग्राम फेला पारि निजहरुलाई नियन्त्रणमा लिई लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कानूनी प्रक्रिया बढाउनुका साथै थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका नि. सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी गराएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार