मुख्य समाचार
क्रिसमस डे’ आज धूमधामका साथ मनाइँदै | नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु | नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा, गोविन्द विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन | नेपालगञ्ज उपमहानगरपालिका का सात वडा कार्यालय भवनविहीन | वडालाई फोहोरमुक्त बनाउन अति आवश्यक | लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ | क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन | लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया |

लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ

Samachar Rekhanews 114+ समाचार ( )
२५ मंगशिर २०८२, बुधवार

२४ मंसिर, नेपालगन्ज । बाँके प्रहरीले नगरको छुट्टा–छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।

सोमवार नेपालगन्ज उ.म.न.पा.१४ बालेगाँउ स्थित मेरो प्लानेटभित्र लागू औषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बाँके नेपालगन्ज उ.म.न.पा.१४ बस्ने बर्ष २४ को सुदिप कुमार भाट, ऐ. ऐ. बस्ने बर्ष २६ को पवन कुमार शर्मा र ऐ. डुडुवा गा.पा. ६ बस्ने बर्ष २७ को राजु शाहलाई खानतलासी गर्दा निजहरुको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ६४ ग्राम १६० मिलिग्राम फेला पारिएको हो ।

निजहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुले उक्त लागू औषध जिल्ला बाँके नेपालगन्ज नेपालगन्ज उ.म.न.पा.१४ उधोपुरुवा बस्ने बर्ष ५९ को सुरत खटिकबाट लिएको भनी खुलाए अनुसार निज सुरत खटिकको घरमा गई शरीर तलासी गर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ शुद्ध तौल ३३ ग्राम ८७० मिलिग्राम, निजको घरको झ्यालमा शुद्ध तौल १ ग्राम ६०० मिलिग्राम लागू औषध फेला पारी निजहरुलाई नियन्त्रणमा लिई लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कानूनी प्रक्रिया बढाउनुका साथै थप अनुसन्धान कार्य भईरहेको छ ।

यस्तै मंगलवार नेपालगन्ज उ.म.न.पा.१५ जमुनाह माछा मण्डी नजिक प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारत उत्तर प्रदेश नानपारा बस्ने वर्ष २२ को थरुवा अहमद र ऐ. ऐ. बहराइच बस्ने बर्ष २५ को तोहिद खानलाई खानतलासी गर्दा निजहरुको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ३७ ग्राम ४८० मिलिग्राम फेला पारि निजहरुलाई नियन्त्रणमा लिई लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कानूनी प्रक्रिया बढाउनुका साथै थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका नि. सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी गराएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार